काठमाडौँ । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट गरिने कारोबारमा सिमा तोकेको छ । बैंकले जारी गरेको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०७८ ले विद्युतीय कारोबारको सिमा तोकेको हो ।
बैंकले कार्ड, मोबाइल तथा इन्टरनेट बैंकिङ्ग, विद्युतीय वालेट, एजेन्ट मार्फत गरिने वालेट कारोबार, रिचार्ज र विप्रेषण रकम भुक्तानीमा हुने विद्युतीय कारोबारमा सिमा तोकेको हो ।
अब, ग्राहकहरुले प्रिपेड कार्डमार्फत अधिकतम एक पटकमा १० हजार रुपैँया कारोबार गर्न पाउनेछन् भने दैनिक २० हजार र मासिक २ लाख रुपैँया मात्र कारोबार गर्न पाउनेछन् ।





