'कनेक्ट आइपिएस सुरक्षित र ग्राहक मैत्री छ, जोखिम कम गर्न नियामकले अझै पहल गर्नुपर्छ'


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
'कनेक्ट आइपिएस सुरक्षित र ग्राहक मैत्री छ, जोखिम कम गर्न  नियामकले अझै पहल गर्नुपर्छ'

नेपालमा वित्तीय कारोबारको क्लियरिङ हाउसको कार्य गर्ने पब्लिक लिमिटेड कम्पनी हो, नेपाल क्लियरिङ हाउस लिमिटेड । बि.स. २०६५ सालमा केन्द्रीय बैंकको अगुवाइमा यसको स्थापना भएको थियो। नेपाल राष्ट्र बैंक, स्मार्ट च्वाइस टेक्नोलोजिज लगायत विभिन्न बैक तथा वित्तीय संस्थाको लगानी रहेको यो कम्पनीले मुलुकभरका बैंक तथा वित्तीय संस्थाको चेक राफसाफ गराउने, अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा दिने लगायतका काम यो कम्पनीले गर्छ। पछिल्ला दिनमा यसले सञ्चालनमा ल्याएको डिजिटल भुक्तानी एप connectIPS को प्रयोग निकै बढेको छ। प्रस्तुत छ : यसै पृष्ठभूमिमा आर्थिकन्युजले  नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निलेशमान सिंह प्रधानसँग गरेको अन्तर्वार्ता:

नेपालमा सञ्चालनमा रहेका डिजिटल प्रविधिहरू  कतिको ग्राहक मैत्री छन् र ती सूचना प्रविधि अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपका छन् ?

नेपालमा रहेका डिजिटल प्रविधि सञ्चालन गर्ने भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालक नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थाहरू हुन् र नियामकले  दिएका सबै मापदण्डहरूका साथै अन्तर्राष्ट्रिय प्रविधिहरू समेत प्रयोग गरी  ग्राहक मैत्री सेवा उपलब्ध गराउँदै आएका छन् । अन्तर्राष्ट्रिय स्तरका प्रयोगमा आएका नयाँ  प्रविधिहरू नेपालमा पनि प्रयोगमा आएका छन् । सुरक्षाको दृष्टिकोणबाट पनि उल्लेख्य पहल कदमी भएको देखिन्छ ।  डिजिटल भुक्तानीको प्रयोग बृद्धीसँगै थप विस्तार र स्तरोन्नति  हुँदै जाने अपेक्षा गर्न सकिन्छ । 

Read More