काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कार्यकारी प्रमुख पाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले चन्द्रसेकरन रामामुर्तीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । उनी भारतीय नागरिक हुन् ।
नवनियुक्त सीईओ रामामुर्तीसँग बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको जनाइएको छ ।
नेपाली पुनर्बीमा कम्पनीले स्वदेशभित्र मात्रै सीमित भएर कारोबार गर्न सक्ने अवस्था नभएको र विदेशमा कारोबारका लागि विश्वास हासिल गर्न नसकिरहेको अवस्थामा कम्पनीको बोर्डले भारतबाट सीईओ ल्याउने निर्णय गरेको हो ।
सीईओ नेपाली राख्ने कि भारतीय भन्ने विषयमा बोर्डमा लामो बहसपछि अन्नतः उनलाई नियुक्त गरिएको हो ।






