मन्जुश्री फाइनान्सले एकै पटक तीनवटा नयाँ शाखा संचालनमा ल्याई कारोबार सुरु गरेको छ। मन्जुश्रीले सुनसरीको ईनरुवा, झुम्का वजार, र मोरङ्गको विराटचौक शाखाको एकै पटक कारोबार सुरु गरेको हो।
मन्जुश्री फाइनान्सका संचालक समितिका अध्यक्ष इन्दिरा पण्डित र संचालक समिति सदस्यहरुले यी नयाँ शाखा कार्यलयहरुको उद्घाटन गरे।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको मन्जुश्रीले यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा, विरगञ्ज,मुर्गिया, योगिकुटि,मणिग्राम , भैरहवा, गैडाकोट, भरतपुर र पर्सावजार मा १८ वटा शाखा रहेका थिए भने अव थप ३ सहित शाखा संख्या २१ पुगेको छ।





