‘विज्ञान कूटनीति’मार्फत लगानी भित्र्याउने रणनीति


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
‘विज्ञान कूटनीति’मार्फत लगानी भित्र्याउने रणनीति

काठमाडौँ, असोज १गते । नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति)मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउने रणनीति अख्तियार गर्ने भएको छ । विज्ञानको विकास विस्तार र उन्नयनका लागि साइन्स डिप्लोमेसीमार्फत लगानी भित्र्याउने रणनीति लिइने भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालका विदेशीस्थित राजदूतहरू मार्फत यस रणनीतिलाई कार्यान्वयन गराउने तयारी गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी ल्याउन साइन्स डिप्लोमेसीमार्फत अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो ।


नेपालका विदेशस्थित राजदूतलाई यस विषयमा जानकारी गराउन सके नेपालमा लगानी बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । “लगानीले उत्पादन बढाउँछ, जनताको जीवनस्तर सहज हुन्छ त्यसैले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” विज्ञान तथा प्रविधि सचिव आचार्यले बताउनुभयो । नेपालको परम्परागत तथा उदीयमान क्षेत्रमा लगानी ल्याउन सकिने अवस्था रहेको उहाँको भनाइ छ । मन्त्रालयले यस विषयमा आवश्यक रणनीति तयार पार्न असोज १ गते विज्ञान दिवसको अवसर पारेर विभिन्न देशका राजदूतसित परामर्श गर्दैछ ।

Read More