यस्ता छन् एप्पलले सार्वजनिक गरेका नयाँ उत्पादन, कुनको मूल्य कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
यस्ता छन् एप्पलले सार्वजनिक गरेका नयाँ उत्पादन, कुनको मूल्य कति ?

काठमाडौं । अन्तत: एप्पलले आफ्ना बहुप्रतिक्षित डिभाइसहरू सार्वजनिक गरेको छ । मंगलबार आयोजित एप्पल इभेन्टमा सात वटा नयाँ उत्पादन सार्वजनिक भएको छ ।

जसमा आईप्याड, आईप्याड मिनी, एप्पल वाच सिरिज ७, आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्स छन् ।

कम्पनीका अनुसार नयाँ आईप्याड अर्को हप्तादेखि बजारमा उपलब्ध हुनेछ भने आईफोन शुक्रबारदेखि बजारमा उपलब्ध हुनेछ । एप्पल वाच भने केही समयपछि मात्र बजारमा आउने बताइएको छ । 

आईप्याड र आईप्याड मिनी 

अहिलेसम्मकै सस्तो आईप्याडको रुपमा बजारमा आएको एप्पलको नयाँ आईप्याडमा ए१३ प्रोसेसर प्रयोग भएको छ, जसमा १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

साथै यसमा वाइडर लेन्स र एलटीई वायरलेस कनेक्सन पनि उपलब्ध छ । ६४ जीबी स्टोरेज रहेको यो आईप्याडको मूल्य ३२९ अमेरिकी डलर (३८ हजार सात सय २८ रुपैयाँ) तोकिएको छ ।

त्यसैगरी एप्पलले ८.३ इन्चको स्क्रिन रहेको आईप्याड मिनी पनि सार्वजनिक गरेको छ । कम बेजलस सहितको यो आईप्याडमा फिगंरप्रिन्ट सेन्सर, स्टेरियो स्पिकरसहित १२ मेगापिक्सेलको रियर क्यामेरा उपलब्ध छ ।

Read More