कस्ता डिजिटल कारोबारमा कति लाग्छ शुल्क?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कस्ता डिजिटल कारोबारमा कति लाग्छ शुल्क?

पछिल्लो समय डिजिटल कारोबार बढ्दै गएको छ।

यसरी डिजिटल कारोबार सेवा सञ्चालन गर्दा प्रदायक कम्पनीहरुले लिने शुल्कलाई व्यवस्थित गर्न राष्ट्र बैंकले नै सीमा तोकिदिएको छ। भुक्तानी प्रणालीसम्वन्धी एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले डिजिटल कारोबारमा सीमा तोकेको हो। 

वालेटमार्फत राजश्व भुक्तानी गर्दा सेवा प्रदायक कम्पनीहरुले रकमअनुसार न्यूनतम ५ रुपैयाँदेखि २० रुपैयाँसम्म शुल्क लिन पाउने छन्।

३ हजार रुपैयाँसम्मको कारोबारमा प्रतिकारोबार ५ रुपैयाँ, ३ हजार १ देखि १० हजारसम्म १० रुपैयाँ तथा १० हजार १ भन्दा माथिको कारोबार गर्दा प्रतिकारोबार २० रुपैयाँ शुल्क लाग्छ। 

Read More