नेपाल राष्ट्र बैंकले केही डिजिटल कारोबारमा सीमा बढाएको छ। जसअनुसार अब प्रिपेड कार्डबाट १० हजार रुपैयाँसम्म प्रतिकारोबार गर्न सकिनेछ। त्यस्तै प्रतिदिन २० हजार र प्रतिमहिना २ लाख रुपैयाँसम्म झिक्न सकिनेछ।
डेबिट कार्डबाट हुने कारोबारलाई भने पुरानै सीमा यथावत राखिएको छ। एटिएममा डेबिट कार्ड प्रयोग गरी एक पटकमा २५ हजार रुपैयाँ, प्रतिदिन १ लाख रुपैयाँसम्म र प्रतिमहिना ४ लाख रुपैयाँसम्म नगद झिक्न पाइने छ।
मोबाइल बैंकिङबाट गरिने कारोबारको सीमा पनि यथावत राखिएको छ। यसबाट प्रतिदिन २ लाख रुपैयाँ कारोबार गर्न सकिन्छ। त्यस्तै इन्टरनेट बैंकिङमार्फत प्रतिदिन २० लाखसम्म कारोबार गर्न सकिने व्यवस्थालाई यथावत राखिएको छ।





