साइबर सुरक्षा अडिट बुझाउन अटेर गर्दै सेवाप्रदायक, कारबाहीको तयारीमा प्राधिकरण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
साइबर सुरक्षा अडिट बुझाउन अटेर गर्दै सेवाप्रदायक, कारबाहीको तयारीमा प्राधिकरण

काठमाडौं । दूरसञ्चार क्षेत्रका सेवाप्रदायकले नियामकको निर्देशन अवज्ञा गर्दै साइबर सुरक्षा अडिट नबुझाएको पाइएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावली तयार पारी साइबर सुरक्षा अडिट अनिवार्य गरेको भएता पनि सेवाप्रदायकहरूले भने त्यसको अवज्ञा गरेका छन् ।

यसअघि प्राधिकरणले ‘साइबर सुरक्षा विनियमावली २०७७’ जारी गरेको थियो । साइबर सुरक्षाको विषय संवेदनशील बन्दै गएपछि प्राधिकरणले दूरसञ्चार सेवाप्रदायकलाई लक्षित गर्दै यो विनियमावली ल्याएको थियो ।

विनियमावलीमा दूरसञ्चार सेवाप्रदायकले वर्षको दुईपटक नियामक निकायलाई अनिवार्य रुपमा सुरक्षा अडिट पेस गर्नुपर्ने प्रावधान छ ।

त्यतिमात्रै नभएर विनियमावली अनुसार सेवाप्रदायकले तीन/तीन महिनामा आन्तरिक सुरक्षा अडिट गर्नुपर्ने प्रावधान समेत राखिएको छ ।

त्यस्तै वर्षको दुईपटक अर्थात् हरेक ६ महिनामा प्राधिकरणमा सुरक्षा अडिट पेस गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

Read More