इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने 'नमस्ते पे' सञ्चालनमा ल्याइँदै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
इन्टरनेटबिना नै पैसा तिर्न मिल्ने 'नमस्ते पे' सञ्चालनमा ल्याइँदै

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्यको संयूक्त लगानीमा छुट्टै कम्पनीमार्फत संचालन हुने

इन्टरनेटबिना नै पैसा तिर्न मिल्नेगरी ‘नमस्ते पे’ वालेट केही दिनमै संचालनमा ल्याइने भएको छ। 

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयूक्त लगानीमा यो वालेट संचालनमा ल्याउन लागिएको हो।

राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले नमस्ते पेको सञ्चालनका लागि छुट्टै कम्पनी ‘नेपाल डिजिटल पेमेन्ट’ कम्पनी संचालनमा आएको र सो कम्पनीले नै सेवा संचालन गर्ने जानकारी दिए। 

यस वालेटमार्फत इन्टरनेट सेवा नभएका दूरदराज क्षेत्रबाट पनि भुक्तानी गर्न सकिने छ। तत्कालका लागि राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयाेग गर्न सक्ने श्रेष्ठले बताए। 

कम्पनीले प्रदान गर्ने कोडका आधारमा रकम भुक्तानी गर्न सकिनेछ। 

हाल मोबाइल फोनबाट विभिन्न डेटा प्याक लिएजस्तैगरी यूएसएसडी कोड थिचेर आफूले तिर्न चाहेको रकम भुक्तानी गर्न मिल्नेछ।

बिजुली, खानेपानी, इन्टरनेट लगायतको भुक्तानी यसमार्फत गर्न सकिनेछ। त्यस्तै रिचार्ज गर्न, विभिन्न टिकट बुकिङ गर्न, एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, बीमाको प्रिमियम भुक्तानी गर्न सकिनेछ। 

यसरी भुक्तानी गर्दा राष्ट्रिय वाणिज्य बैंकको खातामार्फत रकम कटौती हुनेछ। सुरुमा राष्ट्रिय वाणिज्य बैंक र त्यसपछि अन्य बैंकमार्फत पनि सेवा थाल्न मिल्ने श्रेष्ठले बताए।  

Read More