कोरोना भाइरसकै बीच नै इन्टरनेट सेवाप्रदायकले बढाए २५ लाख ग्राहक, मोबाइल ब्रोडब्याण्ड तर्फ ३० प्रतिशतले बढे


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कोरोना भाइरसकै बीच नै इन्टरनेट सेवाप्रदायकले बढाए २५ लाख ग्राहक, मोबाइल ब्रोडब्याण्ड तर्फ ३० प्रतिशतले बढे

कोरोना भाइरस संक्रमण महामारीकै बीच नेपालका निजी इन्टरनेट सेवाप्रदायक कम्पनीहरुले २५ लाख इन्टरनेट प्रयोगकर्ता थपेका छन्।

 

विशेषगरी महामारीको समयमा अधिकांश विद्यार्थिको अनलाइन क्लास र सबै क्रियाकलाप भर्चुअल माध्यमबाट हुन थालेपछि फाइबर इनटरनेटको प्रयोग बढ्दो क्रममा रहेको छ।

२०७७ श्रावणदेखि आर्थिक वर्षको अन्त्य अर्थात् २०७८ असार मसान्तसम्म आइपुग्दा आईएसपीहरुले उल्लेख्य सङ्ख्यामा ग्राहक वृद्धि गरेका हुन्।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका २०७८ असार मसान्तसम्म जम्मा ग्राहक सङ्ख्या ४ लाख ८५ हजार १३९ पुगेका छन्। २०७७ श्रावणमा ३ लाख ९४ हजार १० रहेकामा यो एक वर्षको अविधिमा १ वर्षमा ९१ हजार १२९ बढेको तथ्याङ्कले जनाएको छ।

सुविसु केबलनेट प्रालि दोस्रो नम्बरमा रहेको रहेको छ। सुविसुका ग्राहक हालसम्म २ लाख १० हजार ५१३ पुगेको छ। यो सङ्ख्या २०७७ श्रावणसम्म १ लाख ४६ हजार ३४० रहेको थियो। एक वर्षको अवधिमा ६४ हजार १७३ ग्राहक थपेको हाे।

त्यस्तै, वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम प्रालिको २०७७ श्रावणसम्म कुल ग्राहक सङ्ख्या १८, ६६४ रहेको मा एक वर्षमा ५५ हजार ३ सय ७८ वृद्धि भएर ७४ हजार ४२ पुगेको छ।

क्लासिकटेक प्रालिको जम्मा ग्राहक सङ्ख्या २०७७ श्रावणमा १ लाख १० हजार ७८७ रहेकामा एक वर्षमा ४७ हजार ९८ थपिएर २०७८ असार मसान्तसम्म १ लाख ५७ हजार ८८५ पुगेको छ।

त्यसैगरी, भायनेट कम्युनिकेशन प्रालिका ३८ हजार २०० ग्राहक पगेको छन्। अघिल्लो वर्षको श्रावणमा ग्राहक संख्या १ लाख १३ हजार ९३१ रहेकामा १ वर्षमा ३८ हजार २०० थपिएर १ लाख ५२ हजार १३१ पुगेका छन्।

टेकमाइण्ड्स नेटवर्क प्रालिले कोरोना महामारीकै बीच २३ हजार ९२६ ग्राहक थपेको छ। २०७७ श्रावणमा कुल ४२ हजार ९०८ ग्राहक रहेको यो आईएसपीको कुल सङ्ख्या २०७८ असार मसान्त अर्थात् आर्थिक वर्षको अन्त्यमा आइपुग्दा ६६ हजार ८३४ पुगेको छ।

Read More