महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धि बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धि बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘युवा संग महालक्ष्मी लाईफ’ सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको छ । कम्पनीको संचालक समितिको मिति २०७८ भाद्र २५ गतेको निर्णय बमोजिम आश्विन महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागिएको हो । दुई वर्षे यस अभियानमा आव २०७८/७९ भित्र २५ वटा जिल्ला र आव २०७९/८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ । यो कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिनेछ । ‘काम गरि आयआर्जन गर-बीमा गरी सुरक्षित बन’ भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

Read More
  • MBL - below news