नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड इन्टरनेट विस्तारलाई तीव्र रूप दिएको छ।
'हामीले ९२ प्रतिशत काम सकिसकेका छौं। चितवनतर्फका केही स्थान र बाँके-बर्दिया तर्फका दुई प्याकेजको काम भइरहेको छ,' उनले सेतोपाटीसँग भने।
नेपालले ५१२ केबिपिएसमाथि स्पिडलाई ब्रोडब्यान्ड इन्टरनेट मानेको छ। प्राधिकरणको तथ्यांक हेर्दा यस्तो सेवा झन्डै शत प्रतिशत नै पुगेको देखिन्छ।
यो योजनाका १८ प्याकेजमध्ये १६ वटा प्याकेजको काम सकिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए।
प्राधिकरणले ब्रोडब्यान्डलाई दुईथरीमा विभाजन गरेको छ। एउटा फिक्स्ड ब्रोडब्यान्ड र अर्को मोबाइल ब्रोडब्यान्ड। मोबाइलमा फोरजी चल्न थालेपछि यसलाई पनि ब्रोडब्यान्ड इन्टरनेटका रूपमा लिन थालिएको हो। यी दुवै थरी ब्रोडब्यान्ड पहुँचको तथ्यांक हेर्दा मोबाइल डेटा चलाउनेहरू बढी देखिन्छन्।





