प्रभु क्यापिटलको लाभांश घोषणा, साधारणसभाको मिति पनि तय


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
प्रभु क्यापिटलको लाभांश घोषणा, साधारणसभाको मिति पनि तय

प्रभु क्यापिटल लिमिटेडले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। भदौ २० गते बसेको क्यापिटलको १६० औं संचालक समितिको बैठकले  आर्थिक बर्ष २०७७-०७८ बाट करिब ४० प्रतिशत लाभांश पारित गरेको हो। 

क्यापिटलले नेप्सेलाई दिएको जानकारीअनुसार क्यापिटलले ४० प्रतिशत लाभांश मध्ये २२।३८८५ प्रतिशत बोनस र १७।६१ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश दिने प्रस्ताव गरेको छ। 

त्यस्तै क्यापिटलले असोज १६ गतेको लागि आफ्नो १३औं बार्षिक साधारणसभा समेत डाकेको छ। साधारण सभा प्रयोजनार्थ क्यापिटलले बुक क्लोज मिति तय गरिसकेको छैन। 

बुक क्लोज मिति तय गरेपश्चात उक्त मिति सम्म कायम सेयरधनिहरुले मात्र क्यापिटलको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन।

Read More
  • MBL - below news