अब खल्तीबाट आफ्नो बैंक खातामा 'एउटा लिमिटसम्म' पैसा पठाउँदा कुनै शुल्क नलाग्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब खल्तीबाट आफ्नो बैंक खातामा 'एउटा लिमिटसम्म' पैसा पठाउँदा कुनै शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले खल्ती बाट बैंक खातामा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ । ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै यो सुविधा ल्याइएको खल्तीले जनाएको छ। 

खल्तीकाअनुसार ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक वा रु. ५००० सम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसै गरी खल्ती बाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जो कोहिले रु. ५०% सम्मको क्यासब्याक पाउनेछन्। जस्तै, यदि बैंक ट्रान्सफर शुल्क रु. २० भएमा, रु. १० क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ । 

Read More