ज्योति विकास बैंकको आधारभूत र प्राविधिक अवस्था कस्तो छ ?


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ज्योति विकास बैंकको आधारभूत र प्राविधिक अवस्था कस्तो छ ?

काठमाडौं : ज्योति विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ७४ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१.८४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४८ करोड ८४ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो । सो अवधिसम्ममा वैधानिक तथा नियामक रिजर्भमा समेत गरी वितरणयोग्य मुनाफा ६० करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैंकले वैधानिक रिजर्भ अन्तर्गत जनरल रिजर्भमा १४ करोड ८३ लाख रुपैयाँ, सामाजिक उत्तरदायित्व कोषमा १ करोड ११ लाख तथा अन्यमा २६ लाख ४९ हजार रुपैयाँ छुट्याएको छ । ज्योति विकास बैंकले खुद ब्याज आम्दानी ७.७३ प्रतिशतले वृद्धि गरी १ अर्ब ५० करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस बैंकको ब्याज आम्दानी १ अर्ब ३९ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, फि तथा कमिसन आम्दानी ७.७१ प्रतिशतले वृद्धि गरी १ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, नेट ट्रेडिङ आम्दानी ७२.३२ प्रतिशतले घटेर ६२ लाख ३५ हजार रुपैयाँमा सीमित भएको छ । बैंकले जोखिम व्यवस्थापन कोष अन्तर्गत ३२ करोड ४२ लाख २३  हजार रुपैयाँ इम्पेरिमेन्ट चार्जकारुपमा राखेको छ । अन्य सञ्चालन खर्च ५.१३ प्रतिशतले बढेर ९२ करोड ७२ लाख तथा पर्सोनल खर्च १०.५४ प्रतिशतले बढेर ५३ करोड ४४ लाख रुपैयाँ पुगेको छ ।

Read More