फाइभजी परीक्षण सन २०२१ भित्रै नहुने निश्चित, के कारणले भयो अलमल ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फाइभजी परीक्षण सन २०२१ भित्रै नहुने निश्चित, के कारणले भयो अलमल ?

आफैले बनाएको कार्ययोजना अनुरुप नेपाल दूरसञ्चार प्राधिकरण अघि बढ्न नसक्दा नेपालमा पाँचौ पुस्ताको प्रविधि (फाइभजी ) परिक्षण २०२१ भित्र नहुने देखिएको छ ।

 

चालू बर्ष भित्रै नेपालका चार सहर (काठमाडौं, पोखरा, विराटनगर, विरगञ्ज)बाट फाइबजीको परिक्षण सुभारम्भ गर्ने योजना सर्वजनिक भएपनि अहिलेसम्म फ्रिक्वेन्सी र अगामी कार्ययोजना स्पष्ट नहुँदा पछि धकेलिने निश्चित भएको हो ।

नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एसिया प्यासिफिक स्पेक्ट्रम म्यानेजमेन्ट फोरममा प्रस्तुति दिंदै नेपालमा २०२१ भित्रै फाइभजी परीक्षण रणनीति,सन् २०२५सम्म देशभर फाइभजी सेवा पुर्याउने लक्ष्य राखेको र सोको काम चरणबद्ध योजनाका साथ अघि बढ्ने बताएका थिए ।

तर,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फाइबजी परीक्षण अनुमति दिएको लामो समय भइसक्दा पनि अहिलेसम्म नियामकले निर्णय लिन सकेको छैन ।

२०२१ बर्ष सकिन लगभग साढे दुई महिना मात्रै बाँकी छ । यतिबेला फाइबजी परीक्षणको लागि सबै प्रक्रिया पुरा गरेर परीक्षणको लागि अन्तिम तयारी गर्नुपर्ने बेलामा प्राधिकरणले फिक्वन्सी सहित परीक्षणको लागि नीतिगत स्पष्ट हुन नसकेको सेवाप्रदायकले बताउँदै आएका छन ।

दूरसञ्चार प्राधिकरणको योजना अनुसार २०२१ भित्रै फाइबजी परिक्षण,सन २०२५ सम्म नेपालमा फाइभजी विस्तार गरी नेपाल भर फाइभजीको पहुँच पुर्याउने कार्ययोजन तयार पारेको छ ।

अर्कोतर्फ फाइबजी परीक्षणको लागी जिम्मा दिएको नेपाल टेलिकमले पनि प्राधिकरणले फ्रिक्वेन्सी नदिएको गुनासो गर्दै आएको छ ।

नेपालमा फाइबजी परिक्षणको लागी सबैभन्दा महत्वपूर्ण बिषयनै फ्रिक्वेन्सी हो । जसमा नियामकले निर्णय गर्न नसक्दा टेलिकमले आवश्यक प्रक्रिया र पूर्वाधार विस्तारमा अलमलमै छ ।

Read More