अब बैंकको एक शाखाबाट अर्को शाखामा आन्तरिक टेलिफोनबाटै कुराकानी गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब बैंकको एक शाखाबाट अर्को शाखामा आन्तरिक टेलिफोनबाटै कुराकानी गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त बैंक अर्थात वाणिज्य बैंकहरुले अब ‘आईपी पीएबीएक्स’ सेवामा आधारित भ्वाइस कम्युनिकेशन प्रयोग गर्नसक्ने भएका छन् ।

योसँगै त्यस्ता बैंकले आफ्ना शाखा कार्यालयहरुमा सिधै आन्तरिक टेलिफोनबाटै कुराकानी गर्नसक्ने भएका हुन् ।

यसका लागि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ‘आईपी पीएबीएक्स’ सेवा सञ्चालनका लागि नीतिगत व्यवस्था गरेको हो ।

प्राधिकरण बोर्डको सोमबार बसेको बैठकले ‘आईपी पीएबीएक्स’ सेवासम्बन्धी निर्णय गर्दै पहिलो चरणमा वाणिज्य बैंकहरुलाई त्यस्तो सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि इन्टरनेटमा आधारित पीएबीएक्सलाई कानूनले प्रतिबन्ध गरेको थियो । जसले गर्दा हालसम्म बैंकहरुले एउटै कार्यालयभित्र मात्र आन्तरिक भ्वाइस कम्युनिकेशन गर्नसक्ने प्रावधान रहेको थियो ।

तर, अब भने इन्टरनेट प्रोटोकल आधारित भएर त्यसमार्फत टेलिफोन सम्भव हुनेछ । योसँगै एउटा बैंकले आफ्ना सबै शाखा तथा कार्यालयहरुमा आन्तरिक टेलिफोनबाटै कल गर्न सक्नेछन् ।

तर, यसका लागि बैंकहरुले दूरसञ्चार सेवाप्रदायकसँग समन्वय गर्नुपर्ने प्रावधान राखिएको छ ।

Read More