अब इन्टरनेटको बिलमा अनिवार्य रुपमा मर्मत सम्भारको रकम र सरकारी कर उल्लेख गर्नुपर्ने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
अब इन्टरनेटको बिलमा अनिवार्य रुपमा मर्मत सम्भारको रकम र सरकारी कर उल्लेख गर्नुपर्ने

काठमाडौं  । अब इन्टरनेट सेवाप्रदायकले ग्राहकलाई उपलब्ध गराउने बिलमा अनिवार्य रुपमा सरकारी कर खुलाउनुपर्ने भएको छ । इन्टरनेट सेवाप्रदायक संघ (आईस्पान) को नाममा सोमबार पत्राचार गर्दै नियामकले यस्तो व्यवस्था गरेको हो ।

दूरसञ्चार नियमावलीको संशोधित व्यवस्था अनुसार सेवाप्रदायकले इन्टरनेटको महसुल दरको बढीमा ५० प्रतिशतसम्म अधिकतम सीमा रहने गरी ग्राहकबाट सपोर्ट र मेन्टिनेन्स शुल्क उठाउन पाउँछन् । त्यसरी असुल गरेको शुल्कको प्रतिशतसमेत बिलमा स्पष्ट उल्लेख गर्नुपर्ने भएको छ ।

Read More