महालक्ष्मीले विधि, विधान र प्रकृया मिचेर सुन काण्ड मिलाएको खुलासा, राष्ट्र बैंकको मौन समर्थन !


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मीले विधि, विधान र प्रकृया मिचेर सुन काण्ड मिलाएको खुलासा, राष्ट्र बैंकको मौन समर्थन !

महालक्ष्मी बिकास बैंकले नियम तथा प्रकृया बिपरित काम गरेर सुन काण्ड सल्टाएको पाइएको छ। विधि र प्रकृया पुरा गर्नलाई धितोमा राखेको सुन फिर्ता दिनलाई समय लागेको बिज्ञप्ती निकालेको महालक्ष्मी विकास बैंकले बिधि र प्रकृया नपुर्याई यो सुन काण्ड मिलाएको दाबी गरिएको छ।

प्राप्त जानकारीअनुसार सुन धितो राखेर कर्जा लिएकी बिष्णु महर्जनलाई सुन सहित नगद १२ लाख रुपैयाँ दिएर यो घटना मिलाइएको हो। ती महिलालाई १२ लाख कुन शिर्षकबाट झिकेर दिने भन्ने अन्यौल बढेपछि बैंकले टिसर्ट खरिदको काम गरेको देखाएर उक्त रकम निकासा गरेको हो। 

१० लाख रुपैयाँ बराबरको सामान खरिद गर्दा सार्वजनिक खरिद ऐन अन्तर्गत सूचना निकालेर छनौट भएको पार्टीलाई काम दिनुपर्ने व्यवस्था भएकाले बिष्णु महर्जनलाई दुई किस्ता गरेर उक्त रकम निकासा गरिएको हो। 

Read More
  • MBL - below news