अब अनलाइनबाट बिजुलीको पैसा तिर्दा सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रयोगकर्ताबाट नै सेवा शुल्क लिने निर्णय भएको भन्दै सूचना जारी गरेको छ।
प्राधिकरणले १२ सेवा प्रदायक मार्फत विद्युत महाशुल बुझाउन सकिने ब्यबस्था गरेको छ। प्रति महिना ५०० सम्म महसुल तिर्ने भए सेवा शुल्क नलाग्ने तर ५ सय भन्दा माथिको महशुल तिर्दा भने पति कारोबार ५ रुपैयाँ सेवा शुल्क लिने निर्णय प्राधिकरणले गरेको हो । जस अनुसार प्रति महिना ५०१ रुपैयाँदेखि ५ लाखसम्मको महशुल तिर्दा प्रति कारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने छ ।




