भर्चुअल लगानीमा अर्बौं फस्ने जोखिम


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
भर्चुअल लगानीमा अर्बौं फस्ने जोखिम

काठमाडौँ — असार २० गते साँझ ६ः४५ मा सुरू भई करिब ९ बजे सकिएको ‘जुम मिटिङ’ मा ७ सय २० जना सहभागी थिए । उक्त भर्चुअल मिटिङको होस्ट थिए, योगेन्द्र मिलन छन्त्याल र को–होस्ट थिइन्, रिनु माया तामाङ । 

  • साउन १ गते ६ः४५ मिनेटमा सुरू भएको अर्को जुम मिटिङमा ५ सय २८ जना सहभागी थिए । उक्त मिटिङ भारतीय नागरिक कपिल र अमित अरोराले चलाएका थिए ।
  • असार ५ गते राति ७ बजे सुरू भएर ९ बजे सकिएको त्यस्तै खालको अर्को मिटिङमा ६ सय ५४ सहभागी थिए । एक भारतीय महिलाले उक्त मिटिङ होस्ट गरेकी थिइन् ।

यी तीनै मिटिङमा नाम परिवर्तन गरेर कान्तिपुरकर्मी पनि सहभागी भएको थियो । सबै मिटिङ नेटवर्किङ शैलीको ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानीको प्लेटफर्ममा कसरी सरकारी नियमन छलेर लगानी गर्ने, कसरी पैसा कमाउने, कसरी सञ्जाल विस्तार गर्ने र कमाएको पैसा कसरी वैध बाटो छलेर नेपाल ल्याउने विषयमा केन्द्रित थियो । नेपालभित्रै र प्रवासमा रहेका सयौं नेपाली लगानी गर्न जुर्मुराइरहेको यो दृश्य पछाडिको कथा भने सोचेजस्तो उज्यालो छैन ।

Read More