भदौ २१, काठमाडौं । प्राइम कमर्सियल बैंकको ऋणपत्र सोमवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र मंगलवारदेखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् ।
सोमवार नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै मंगलवारबाट कारोबार शुरु हुने भएको हो । कम्पनीले ८ दशमल ७५ प्रतिशत ऋणपत्र २०८५ नामक ऋणपत्र सूचीकृत गराएको हो ।








