नेपालमा दुई करोड नागरिक इन्टरनेटको पहुँचमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेपालमा दुई करोड नागरिक इन्टरनेटको पहुँचमा

काठमाडौं : नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड चार लाख नाघेको छ । नेपाल टेलिकमले सोमबार पत्रकार सम्मेलन गरी २०७८ असारसम्म दुई करोड ४ लाख तीन हजार ९८६ जना इन्टरनेटको पहुँचमा रहेको जनाएको छ । 

यस्तै, मोबाइल टेलिफोन ग्राहक संख्या दुई करोड चार लाख ९ हजार ५७८ छन् । टेलिकमका प्रवक्ता राजेश जोसीका अनुसार फोरजी सेवा विस्तार गर्ने क्रममा टेलिकम रहेको छ । 

उनले भने, ‘सबै प्रकारका टेलिफोन घनत्व ७०.४० प्रतिशत रहेको छ । ९२ प्रतिशत स्थानीय निकायमा फोरजी सेवाको पहुँच पुगिसकेको छ ।’ टेलिकमले स्थानीय टेलिफोन तथा एडीएसएल सेवालाई फाइवरमा रुपान्तरणका लागि आवश्यक तयारीसहित रुपान्तरणको कार्य सुरु भइसकेको टेलिकमले जनाएको छ ।

Read More