नेटफ्लिक्समा मनि हाइस्ट सार्वजनिक हुँदा नेपालको इन्टरनेट खपत दोब्बर


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नेटफ्लिक्समा मनि हाइस्ट सार्वजनिक हुँदा नेपालको इन्टरनेट खपत दोब्बर

काठमाडौं । बहुप्रतिक्षित क्राइम–थ्रिलर सिरिज’ मनि हाइस्ट सिजन ५’ शुक्रबार नेटफ्लिक्समा सार्वजनिक भएको छ । मनी हाइस्ट सिरिजको पाँचौ सिजन दुई भागमा सार्वजनिक भएका छन् । जसमध्ये पहिलो भाग शुक्रबार सार्वजनिक भएको छ भने दोस्राे भाग आउँदो ३ डिसेम्बरमा सार्वजनिक हुनेछ ।

नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिजमध्ये एक सिरिजको रुपमा रहेको मनि हाइस्ट नेपाली प्रयोगकर्तामाझ पनि त्यतिनै लोकप्रिय छ । जसले नेटफ्लिक्समा मनि हाइस्ट सार्वजनिक भएसँगै धेरै नेपाली उक्त सिरिज हेर्नमा व्यस्त भए । यही व्यस्तताले नेपालको इन्टरनेटलाई पनि व्यस्त बनाइदियो ।

जसको प्रतिफल इन्टरनेटको खपत उच्च हुने पुगेको छ । नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार शुक्रबार इन्टरनेटको खपत झण्डै दाेब्बर भएको छ । उक्त दिन इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ३५ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रूपेश श्रेष्ठका अनुसार सामान्य अवस्थामा भन्दा उक्त दिनको ट्राफिक झण्डै दाेब्बर पुगेकाे छ ।

Read More