सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा


  • Himalayan Bank Limited (HBL)
सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा

सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्स NLG Insurance Company मा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको हो ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल बल्लभ पन्तले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीसँगै अब मुलुकभरका सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने छन् । देशभरका सबै जिल्ला तथा नगर एवं एशोसिएटस सदस्यहरुले एनएलजी इन्स्योरेन्सको जुनसुकै शाखाबाट यो सुविधा लिन सक्ने छन् ।

Read More