होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्

घटना १

४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन्। आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे। महिलाले पनि विश्वास गर्दै 
आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन्। युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले। महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले। पैसा माग्दै सम्पर्क गर्न थाले। 

बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो। उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६/७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ। 

घटना २

बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो। ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन्। उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन्। उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ। 

घटना ३ ...

Read More