महालक्ष्मी बैंक प्रकरण : पहिले धितो नक्कली दाबी, उजुरी परेपछि २५ तोला सुन फिर्ता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी बैंक प्रकरण : पहिले धितो नक्कली दाबी, उजुरी परेपछि २५ तोला सुन फिर्ता

२० भदौ, काठमाडौं । ललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्षपछि साँवा र ब्याज चुक्ता गरेर महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखासँग धितो फिर्ता माग्दा बैंकले नक्कली रहेको भन्दै फिर्ता दिन मानेको थिएन ।

तर नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ ।

बैंकबाट १४ लाख ऋण लिएबापत उनले सुन धितो राखेकी थिइन् । त्यही सुन नक्कली भएको दाबी बैंकले ६ वर्षपछि गरेको थियो ।

Read More
  • MBL - below news