सेयर बजारमा सफल हुन नवप्रवेशी लगानीकर्ताले अपनाउनुपर्ने प्रमुख ५ सूत्र


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सेयर बजारमा सफल हुन नवप्रवेशी लगानीकर्ताले अपनाउनुपर्ने प्रमुख ५ सूत्र

काठमाडौं : दीर्घकालीन वित्तीय लक्ष्य हासिल गर्नका लागि लगानीलाई उचित माध्यमका रुपमा लिने गरिन्छ । यद्दपि, लगानीको विषयमा कुनै पनि चर्चा सुरु गर्दा एक साधारण सत्यलाई भने स्वीकारेरै सुरु गर्नुपर्दछ । त्यो हो, लगानी गर्न जोखिम लिनुपर्दछ । लगानीको सफलता त्यस्तै जोखिमहरुलाई नियन्त्रणमा लिन सक्ने तपाईंको खुबीमै निर्भर हुने गर्दछ ।

जसका लागि हरेक लगानीकर्ताले आफूलाई उचित हुने लगानी रणनीति बनाउन आवश्यक छ । जोखिम बहन गर्नसक्ने क्षमता, निर्धारण गरिएको समय, पुँजीको परिमाण लगायत विषयका कारण हरेक लगानीकर्ताको लगानी रणनीति फरकफरक हुनसक्छ । यद्दपि, लगानीका केही अन्तर्निहित सिद्धान्त भने सबैका लागि समान हुने गर्दछ ।

 

१) लगानीलाई बानीको रुपमा विकास गर्ने 

 

कतिपयलाई सानो पुँजीले लगानी हुन सक्दैन भन्ने भ्रम पनि हुन सक्छ । लगानी नै नगर्नु भन्दा सानै पुँजीबाट भए पनि सुरु गर्नु भविष्यमा निकै फाइदाकारी हुन सक्छ । लगानीलाई बानीकै रुपमा विकास गरी निरन्तर सानो सानो–सानो पुँजी भए पनि लगानीमा थप्दै जानु झनै फाइदाकारी हुन्छ । कुनै न कुनै रुपमा वित्तीय फाइदा दिने क्षेत्रमा नियमित लगानी गर्न सकियो भने भविष्यमा राम्रै प्रतिफल हात पार्न सक्ने सम्भावना रहन्छ । 

 

२) लक्ष्यहरु निर्धारण गर्ने 

 

लगानी सम्बन्धी लक्ष्य निर्धारण नितान्त व्यक्तिगत विषय हो । लगानी लक्षयलाई लगानीकर्ता स्वयंको शैली, प्राथमिकता तथा रुचिले निर्देशित गरेको हुन्छ । यद्दपि, प्रगति मापन गर्न सकिने किसिमका लक्ष्यहरु निर्धारण गर्नुपर्दछ । उदाहरणका लागि   तपाईंले ‘वित्तीय सुरक्षा’, ‘सहज अवकास’ लगायतका योजनालाई लक्ष्यका रुपमा निर्धारण गर्नुभयो भने त्यसको प्रगति मापन गर्न सहज हुँदैन ।

त्यसको सट्टा, ‘६० वर्षको उमेरसम्म १० करोडको नेटवर्थ बनाउने’ वा ‘मासिक २० हजार रुपैयाँ प्रतिफल दिन सक्ने पोर्टफोलियो निर्माण गर्ने’ लगायतका प्रगति मापन गर्न सकिने लक्ष्यहरु तय गर्न सक्नुपर्छ । यसका साथै, आफ्नो लगानी लक्ष्यहरुलाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका रुपमा वर्गीकरण गरी त्यसै अनुसार कार्य गर्न पनि सकिन्छ ।

 

३) अनावश्यक जोखिम नलिने 

...

Read More
  • MBL - below news