ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाटै जरिवाना तिर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ट्राफिकको चिटमै क्यूआरकोड, मोबाइलबाटै जरिवाना तिर्न सकिने

१६ भदौ, काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने चालकले अब क्‍यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई क्‍यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्ने गरी सफ्टवेयर विकास गरेको छ । अब सवारी नियम उल्लंघन गर्ने चालकलाई ट्राफिक प्रहरीले क्युआर कोड भएको चिट दिनेछ ।

महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले यसअघि जरिवाना तिर्न बैंकमा जानुपर्नेमा अब क्यूआर कोडमार्फत मोवाइलबाटै भुक्तानी गर्न सक्ने बताए । सवारी नियम उल्लंघन गरेका चालकले अब क्युआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने उनले जानकारी दिए ।

उनले भने, ‘क्‍यूआर कोडमार्फत रकम तिरेपछि तोकिएको बैंकमा जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ । जरिवाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सहज हुन्छ ।’

के हो क्‍यूआर कोड ?

Read More