काठमाडौं । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्स्फर, चट्ट कार’ उपहार योजनाले बिजेतालाई गाडी हस्तान्तरण गरेको छ । यस योजनामा झापा विर्तामोडका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका हुन् ।
उनलाई एक कार्यक्रमका बिच फोनपेका प्रमुख कार्यकारी अधिकृत अद्धेत तुलाधर र नबिल बैंकका चिफ मार्केटिङ अफिसर कविन्द्र प्रसाद श्रेष्ठ र फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले गाडि हस्तान्तरण गरेका छन् ।
यो योजना फाग्न २३ देखि असार मसान्तसम्म सञ्चालन भएको थियो । यस योजनामा नेपालभरीका कुनैपनि बैंकको आफ्नो मोबाइल बैंकिङ्ग एप मार्फत अन्य बैंकमा पैसा पठाउने ग्राहक सहभागी भएका थिए ।





