ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बढ्यो, सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ३ रुपैयाँ ३८ पैसाले बढेको छ । साउन मसान्तसम्म आइपुग्दा फन्डको न्याभ  ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ ०१ पैसा पुगेको हो । अघिल्लो महिनाको तुलनामा यसको न्याभ ३ रुपैयाँ ३८ पैसाले बढेको हो ।

एक महिनाको अवधिमा फन्डको सूचिकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सूचिकृत कम्पनीको सेयरमा लगानी ५६ करोड ४७ लाख १० हजार ९०३ रुपैयाँले बढेर २ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यता फन्डको बैंक मौज्दात भने ३१ करोड ७२ लाख रुपैयाँबाट घटेर ४ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ ।

Read More
  • MBL - below news