ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
ई–कमर्समा उछाल :वर्षमा साढे ८ अर्बमाथि कारोबार

नेपालमा डिजिटल कारोबार हुने क्रम ह्वात्तै बढेको छ। विगत लामो समयदेखि डिजिटल कारोबारमा जोड दिने गरे पनि व्यवहारमा त्यस्तो हुन नसकेको बेला आर्थिक वर्ष २०७७/७८ मा भने निकै बढी कारोबार भएको  र त्यसले आगामी सम्भावनालाई झनै बढाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ई–कमर्समा आठ अर्ब ६४ करोढ ३९ लाख रूपैयाँको कारोबार भएको हो।

कोरोना महामारीका कारण डिजिटल कारोबारमा वृद्धि भएको सम्बद्ध अधिकारी बताउँछन्। यस्तो कारोबारले सेवा दिने निकाय  र सेवाग्राहीलाई सहजता दिनुको साथै आर्थिक पारदर्शिता कायम गर्न पनि उत्तिकै मदत पुर्‍याउँछ। पछिल्लो समयमा उपभोक्ताले साना साना घरायसी सामानदेखि खाद्यान्न लगायत विद्युतीय सामान ख रिद समेत अनलाइन भुक्तानीबाट गर्न थालेका छन्।

मूल्यवृद्धि साढे तीन प्रतिशतमा कायम  

यसैबीच, गत वर्ष उपभोक्ता मूल्यवृद्धि (मुद्रास्फीति) ३.६० प्रतिशत कायम भएको छ।राष्ट्र बैंकका अनुसार जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २.५५ प्रतिशत बिन्दुले कम हो।अघिल्लो आवमा यस्तो मुद्रास्फीति ६.१५ प्रतिशत थियो।

Read More