सरकारी डिजिटल भूअभिलेख प्रणाली असुरक्षित


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सरकारी डिजिटल भूअभिलेख प्रणाली असुरक्षित

काठमाडौँ — भूमि व्यवस्थापन तथा अभिलेख विभागले अनलाइनमा आधारित भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) सञ्चालनमा ल्याएको ६ वर्ष भयो । जग्गा प्रशासनसम्बन्धी सेवाहरूलाई समयसापेक्ष रूपमा सूचना प्रविधिमा आधारित बनाउन विभाग र यसअन्तर्गतका १ सय ८ वटा भूमिसुधार तथा मालपोत कार्यालयमा यस्तो प्रणाली कार्यान्वयनमा छ । प्रणाली सञ्चालनका लागि २०७२ माघ १८ बाट ‘भू–सूचना प्रणाली सञ्चालन निर्देशिका २०७१’ समेत जारी गरिएको थियो । तर यो प्रणाली सुरक्षाका हिसाबले कमजोर रहेको पाइएको छ ।

महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनमा यो प्रणाली सुरक्षा, इन्टरनेट सेवा र कनेक्टिभिटी, पूर्वाधार तथा स्रोतसाधनको व्यवस्थापन, एप्लिकेसनको उपयुक्तता र परीक्षण तथा जडानमा विभाग कमजोर देखिएको औंल्याइएको छ । ‘विभाग तथा सबै कार्यालयमा एन्टिभाइरस जडान गरिएको छैन । यसले गर्दा प्रणालीको सुरक्षाप्रति आश्वस्त हुने अवस्था छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘एन्टी–मालवेयर, इन्टरनेट सेक्युरिटी, नेटवर्क सेक्युरिटी, फायलवालको प्रयोग सम्बन्धमा विभागले नीति तयार गरेको पाइएन । विभाग र मातहतका निकायले सञ्चालन गरेको सूचना प्रविधि प्रणालीलाई भाइरस, ह्याकिङ, पाइरेसी, फिसिङ, मालवेयर आदि जोखिमहरूबाट सुरक्षा प्रदान गर्नुपर्छ ।’ विभागले प्रणालीलाई बाह्य जोखिमबाट सुरक्षा प्रदान गर्न प्रणाली सुरक्षा नीति तयार गरी कम्प्युटर, सर्भर, नेटवर्क तथा इन्टरनेटलाई स्वचालित रूपमा सुरक्षा प्रदान गर्न सक्ने स्वचालित एन्टिभाइरस प्रयोग गर्न प्रतिवेदनमा सुझाइएको छ ।

Read More