मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मुक्तिनाथ क्यापिटलले १८ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

मुक्तिनाथ क्यापिटल Muktinath Capital  ले साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ ९ गते सम्पन्न संचालक समितिको आगामी असोज १ गते शुक्रबार साधारणसभा आह्व्ना गर्ने निर्णय गरेको हो ।

 साधारण सभामा अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरि पारित गर्ने क्यापिटलले जनाएको छ ।

क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति,  लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ । 

Read More
  • MBL - below news