डिजिटल भुुक्तानीमा कनेक्ट आईपीएसको सफलता, वर्षदिनमा ३६३ प्रतिशतले कारोबार वृद्धि


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल भुुक्तानीमा कनेक्ट आईपीएसको सफलता, वर्षदिनमा ३६३ प्रतिशतले कारोबार वृद्धि

मुलुकमा विद्युुतीय भुक्तानीमा एनसीएचीद्धारा सञ्चालित कनेक्ट आईपीएसले ठूलो सफलता पाएको छ । एक वर्षमा कनेक्ट आईपीएसबाट डिजिटल भुक्तानीको कारोबार ३६३ प्रतिशतले वृद्धि भएको छ । 

नेपाल राष्ट बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक वित्तीय विवरणअनुसार असार महिनामा कनेक्ट आइपीएसबाट २ खर्ब ३७  अर्ब ७५ करोड ८० लाखको कारोबार भएको छ । गत वर्ष सोही महिनामा कनेक्ट आईपीएसबाट कारोबार हुने रकम ५१ अर्ब ३० करोड ६० लाख रुपैयाँ बराबर थियो । 

गत आर्थिक वर्षको अन्तिम महिना असारमा कनेक्ट आईपीएसबाट हुने कारोबार अहिलेसम्मकै उच्चमा पुगेको छ । जेठ महिनामा १ खर्ब ५८ अर्ब २५ करोड ४० लाखको कारोबार भएको असार महिनामा ५० प्रतिशतले वृद्धि हुदै २ खर्ब नाघेको हो । 

Read More
  • MBL - below news