एनआइबीएल समृद्धि फन्ड–१ को ३५% नगद लाभांश खातामा जम्मा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एनआइबीएल समृद्धि फन्ड–१ को ३५% नगद लाभांश खातामा जम्मा

काठमाडौं  : एनआइबीएल समृद्धि फन्ड–१ ले आफ्ना इकाईधनीलाई बुधबार (भदौ ९ गते) बाट ३५% नगद लाभांश बैंक खातामा पठाउन सुरु गरेको जनाएको छ । फन्डले हालम्ममा डिम्याट खातासँग बैंक खाता अध्यावधिक गराएका इकाईधनीहरुको प्रतिफल खातामा पठाएको हो । यस्तै, फन्डले हालसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । 
 

यसका लागि इकाईधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेका इकाईधनीले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।    

Read More