१८ फाइनान्स मध्ये बढी लाभांश दिन सक्नेमा मन्जुश्री अगाडी, अन्यको क्षमता कति ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
१८ फाइनान्स मध्ये बढी लाभांश दिन सक्नेमा मन्जुश्री अगाडी, अन्यको क्षमता कति ?

सेयर बजारमा सुचिकृत बैंक वित्तीय सँस्थाहरुले गत आर्थिक बर्षको प्रगति विवरण अर्थात वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। उनीहरुको वित्तीय विवरण सार्वजनिक भए पश्चात बजारमा लगानीकर्तामाझ कसले कति लाभांश देला भन्ने चर्चा सुरु भएको छ। 

वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा संचालनमा रहेका सुचिकृत १८ मध्ये १५ फाइनान्सले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। समस्याग्रस्त अवस्थामा रहेका हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट र क्यापिटल मर्चेन्टले बाहेक अरु १५ फाइनान्सले गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। 

सार्वजनिक वित्तीय विवरणअनुसार १५ वटा फाइनान्स गत आर्थिक बर्ष नाफामा रहेका छन् तर तीनवटा फाइनान्स बेस्ट फाइनान्स, नेपाल फाइनान्स, र समृद्धि फाइनान्सको वितरणयोग्य मुनाफा नोक्सानीमा छ।  

१८ मध्ये समस्याग्रस्त अवस्थामा रहेका तीनवटा फाइनान्स बाहेक पनि थप तीनवटा फाइनान्सले लाभांश वितरण गर्न सक्ने अवस्थामा छैनन्। नाफामा रहेका फाइनान्सहरुमा पनि उनीहरुले वितरण गर्न सक्ने लाभांश क्षमता र वितरण गर्ने लाभांश फरक फरक रहेको छ। त्यसमा पनि २०७८ भदौ १५ गतेसम्म प्राप्त ब्याज आम्दानीलाई पनि गत आर्थिक बर्षको आम्दानीमा लेखांकन गर्न पाईने व्यवस्थाले सार्वजनिक वित्तीय विवरणमा उल्लेख लाभांश क्षमता भन्दा थप बढेर आउँन सक्छ। 

Read More
  • MBL - below news