आफ्नै डिजिटल करेन्सीमा काम गर्दै चीन, के छ नेपालको तयारी ?


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
आफ्नै डिजिटल करेन्सीमा काम गर्दै चीन, के छ नेपालको तयारी ?

काठमाडौं । सन् २०२० को अप्रिल महिनामा चीनको डिजिटल चिनियाँ युआन (डी-सीएनवाई) को स्क्रिनशट अनलाइनमार्फत बाहिरिएको थियो ।

उक्त स्क्रिनशटमा चीनको कृषि बैंकले उपलब्ध गराएको पेमेन्ट सुविधा, क्यूआर कोड र अफलाइन पेमेन्टका लागि फोन ट्याप गरेको भरमा कारोबार गर्न मिल्ने लगायतका सुविधा भएको डीसीएनवाईको वालेटको फोटो थियो ।

सन् २०१४ मा मात्रै पिपुल्स बैंक अफ चाइनाले डिजिटल मुद्राका लागि अध्ययन अगाडि बढाउने घोषणा गरेको थियो । यो स्क्रिनशटले चीन उक्त अध्ययनमा धेरै अगाडि पुगिसकेको प्रष्ट पार्छ ।

सो घोषणालगत्तै चीनका केही सहरमा डिजिटल मुद्राको परीक्षण कार्यक्रम सुरु भइसकेको थियो । परीक्षणको समयमा नै सुझाउ सहरका सर्वसाधरणले यात्राको करिब ५० प्रतिशत भुक्तानी डिजिटल युआनबाट गर्न सुरु गरिसकेको थियो ।

सन् २०२० को अक्टोबरमा सेनजेन प्रदेशको लुओहु जिल्लामा गरिएको एक हप्ते लामो परीक्षणमा ४७ लाखभन्दा बढी सर्वसाधारणले ८० लाख ८० हजार युआन अर्थात करिब १४ करोड ६२ लाख रुपैयाँको कारोबार डिजिटल युआनबाट गरेको थियो । परीक्षणको क्रममा करिब ६२ हजार कारोबार भएको थियो ।

Read More