९ भदौ, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन कायम नहुने भन्दै केही वर्षअघि बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सदस्य रहेको व्यक्ति र प्रमुख कार्यकारी अधिकृत फरक हुनुपर्ने गरी निर्देशन जारी गरेको थियो ।
राष्ट्र बैंकको यो निर्देशनलाई नेष्डो समृद्ध लघुवित्तले खुलेआम उल्लङ्घन गरेको हो । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुको नियमनमा राष्ट्र बैंकले बेवास्ता गर्ने गरेको छ । राष्ट बैंकले सहर केन्द्रित बैंकहरुको नियमन मात्रै ध्यान दिने गर्दा यसको फाइदा उठाउँदै नेष्डो समृद्ध लघुवित्तले अटेर गरेको हो ।




