इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरे पश्चात आइतबारबाट एकीकृत कारोबार सुरु गरेको छ । इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर समितिका संयोजक बलराम विष्ट र साविक नेपाल एग्रो लघुवित्तका अध्यक्ष रमेश कुमार कर्मचार्यले संयुक्त रुपमा भर्चुअल माध्यमबाट एकिकृत कारोबारको सुरुवात गरेका हुन् ।
कार्यक्रममा संचालक बलराम विष्टले यस प्राप्ति पश्चात इन्फिनिटी लघुवित्त वित्तीय संस्था पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने एक सवल तथा सक्षम वित्तीय संस्थाको रुपमा अगाडि बढ्ने बताए ।
एकीकृत कारोबार पश्चात संस्थाको पुँजी रु. ३२ करोड ४६ लाख, सेवा पुगेको जिल्ला ३९, शाखा संख्या ८५, कर्मचारी संख्या ३४२, सदस्य संख्या ७४ हजार, निक्षेप रु. १ अर्व १५ करोड, कर्जा रकम रु. ४ अर्व १४ करोड भन्दा बढी भएको कम्पनीले जनाएको छ।







