मुलुकभर मोबाइल बैकिङ प्रयोगकर्ता ३२ प्रतिशत पुगेका छन् । नेपाल राष्ट्र बैंकको नेपालमा वित्तीय पहुँचसम्बन्धि अध्ययन प्रतिवेदनअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ता ३२ प्रतिशत पुगेका छन् ।
त्यस्तै मुलुकभर प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्तामा बागमती प्रदेश अगाडि रहेको छ । बागमती प्रदेशमा ३३.१२ प्रतिशत मोबाइल बैंकिङ प्रयोगकर्ता र ६.४० प्रतिशत इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेका छन् ।
प्रतिखाता मोबाइल बैंकिङ प्रदेश २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ । ...





