सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सूर्या लाईफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तण

भदौ ४, बैतडी । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय बैतडीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीले  बैतडीको पाटन नगरपालिका वडा नं. ८ का मोहन सिंह ऐरको मृत्यु दाबी रकम भुक्तानी गरेको हो । 

ऐरले २०७५ असार ३२ गते २२ लाख बीमांकको १५ वर्षे जीवन बीमा गरेकोमा २०७८ जेठ ९ गते कोरोना संक्रमणका कारण निजको मृत्यु भएकोले बीमा रकम भुक्तानी गरेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनी शाखा बैतडीका कर्मचारी  खगेन्द्र भट्टले बताए ।

मृतक ऐरकी श्रीमती द्रोपति ऐरलाई घरमै गएर बीमा दाबी बापतको २४ लाख ९७ हजारको चेक हस्तान्तण गरिएको कम्पनीले बताएको छ । मृतक ऐरले वार्षिक अग्रीम भुक्तानी जीवन बीमा योजना अन्तर्गत ३ किस्ता बापतको रकम कम्पनीमा बुझाएका थिए । मृतकको बीमांक रकम २२ लाख थियो ।

Read More
  • MBL - below news