मेगा म्युचुअल फन्डले औसतमा वार्षिक २३ प्रतिशत प्रतिफल दिन्छ


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेगा म्युचुअल फन्डले औसतमा वार्षिक २३ प्रतिशत प्रतिफल दिन्छ

मेगा क्यापिटलले आफ्नो पहिलो म्युचुअल फन्ड ‘मेगा म्युचुअल फन्ड–१’ नामको योजना ल्याएको छ। यस योजनामा लगानी गर्न चाहनेका लागि आवेदन खुलेको छ। अंकित मूल्य दस रूपैयाँका दरले न्यूनतम एक सय कित्ता अर्थात् एक हजार रुपैयाँ लगानी गर्न सकिनेछ। 

मेरो सेयर अनलाइनमार्फत यसमा आवेदन दिन सकिनेछ। 

म्युचुअल फन्डलाई साधारण सेयरसँग तुलना गर्ने चलन छ। फन्ड आफैंमा एउटा छुट्टै इकाइ हो। जोखिम र प्रतिफल हेर्ने हो भने मुद्दती निक्षेपसँग तुलना गर्नु राम्रो हो। अझ मुद्दती निक्षेपभन्दा यसमा प्रतिफल राम्रो हुन्छ। जोखिम पनि मुद्दतीभन्दा केही बढी हुन्छ।

तर स्टक मार्केटजस्तो जोखिम हुँदैन। म्युचुअल फन्ड वा मर्चेन्ट बैंकहरूले नै नियामकसँग मिलेर यस्ता फन्डबारे राम्ररी बुझ्नेगरी साक्षरता कार्यक्रमहरू ल्याउनु जरूरी देखिन्छ।

लगानीकर्ताले आफ्नो सम्पूर्ण पैसा स्टक मार्केटमा मात्रै लगाएर जोखिम लिइरहनुभएको छ भने म्युचुअल फन्डमा पनि छुट्याएर विविधीकरण गर्नु जरूरी छ। भोलि बजार घट्यो भने पनि म्युचुअल फन्डको लगानीले राहत दिन सक्छ। समग्र स्टक मार्केट घट्दा पनि हामीले नाफा लिने रणनीति अबलम्वन गरेका हुन्छौं।

Read More