महालक्ष्मी विकास बैंक कान्तिपुर अस्पताल सम्झौता


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंक कान्तिपुर अस्पताल सम्झौता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता गरेको छ । ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्तिपुर अस्पताल प्रालिसँग सम्झौता भएको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् । बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले निःशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज÷आईसीयू÷एचसीयू, भेन्टिलेटर चार्ज र फार्मेसीमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । जनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेसन (ल्याब, एक्स–रे, यूएसजी, ईसीजी, इन्डोस्कोपी, पीएफटी, टीएमटी, इको) लगायत सेवामा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालयविक्रम मल्ल ठकुरी र बैंकका बानेश्वर शाखा प्रमुख विकास रावलले हस्ताक्षर गरे । बैंकले हाल १०३ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

Read More
  • MBL - below news