एटीएमबाटै अब बैंकमा रकम जम्मा गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एटीएमबाटै अब बैंकमा रकम जम्मा गर्न सकिने

काठमाडौं । रकम जम्मा गर्न अब बैंक कार्यालयमै पुग्नुपर्ने झन्झटको अन्त्य हुने भएको छ । ग्राहकको सहजताका लागि नबिल बैंकले बुधबारदेखि नबिल क्यास मसिन ल्याएपछि एटीएममार्फत रकम झिक्ने मात्र नभई बैंक खातामा जम्मा पनि गर्न सक्ने सुविधा सुरु भएको छ ।

याे प्रविधि बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । विस्तारै अन्य एटीएम बुथमा पनि यो प्रविधिबाट रकम जम्मा गर्ने सुविधा दिइने बैंकले जनाएको छ ।

अब ग्राहकहरुले मसिनमा एक हजार, पाँच सय र एक सय रूपैयाँको नेपाली रुपैयाँ जम्मा गर्न सक्नेछन् ।

एक पटकमा ९९ हजार ९ सय रूपैयाँ जम्मा गर्न सकिनेछ । ग्राहकले नबिलको कुनै पनि बचत र चल्ती खातामा रकम जम्मा गर्न सक्नेछन् ।

Read More