नबिल बैंकले ल्यायो नबिल क्यास मेसिन, एटिएमबाटै रकम जम्मा गर्न सकिने


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकले ल्यायो नबिल क्यास मेसिन, एटिएमबाटै रकम जम्मा गर्न सकिने

आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ। आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित बैंकले रकम झिक्ने मात्र नभइ जम्मा गर्न मिल्ने सुविधा ल्याएको बताएको छ। 

यस प्रविधि बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ। अब ग्राहकहरुले मेशिनमा १ हजार, ५ सय र १ सय रुपैयाँ जम्मा गर्न सक्ने छन्। त्यस्तै एक पटकमा ९९ हजार ९ सय रुपैयाँ जम्मा गर्न सक्नेछन्।

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा रकम जम्मा गर्न सकिने छ। यसबाट ग्राहकहरुले आफ्नाे क्रेडिट कार्ड भुक्तानी गर्न पनि सकिने बैंकले जानकारी दिएको छ।

Read More