काठमाडौं : केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपर्थ्यो, कि त नगद नै दिनुपर्थ्यो। सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमश: अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमश: विद्युतीय कारोवारलाई बढावा दिएका छन्।
कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोवार अहिले आएर भने आम नागरिकको सेवा बन्न पुगेको छ। नेपाल राष्ट्र बैंकले योजनाबद्ध रुपमा नै विद्युतीय भुक्तानी र कारोवारलाई बढावा दिएको छ। मोबाइल वालेट, कनेक्ट आइपिएस, आरजिटिएस जस्ता प्रणाली सञ्चालनमा ल्याएको छ। यसले गर्दा आम मानिसलाई कारोवारमा सहजता र विश्वसनियता पनि थपेको छ। यता विद्युतीय कारोवारमा वृद्धि भएसँगै सुरक्षाबारे बढेको चासोप्रति भने नियामक निकायको दायित्व थपिएको छ।





