सानिमा बैंकबाट बिमा दाबी भुक्तानी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकबाट बिमा दाबी भुक्तानी

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।

 बैंकका अमरसिंह शाखा प्रबन्धक वीरेन्द्रलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका थिए। बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, तीन लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजारसम्मको स्वास्थबिमा र पाँच हजार रूपैयाँसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आएको छ।

Read More
  • MBL - below news