एशियन लाईफको नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाईफको नवनिर्वाचित अध्यक्षले गरे सपथ ग्रहण

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको संचालक समितिको नवनियुक्त अध्यक्ष दिपक कुमार श्रेष्ठ ज्यूले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

सपथ ग्रहणको अवसरमा बीमा समितिको कार्यकारी निर्देशक राजुरमण पौडेल र यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समेत उपस्थिति रहेको थियो । 

आइतबार बाराको सिमरामा सम्पन्न १२ औं साधारण सभाबाट आगामी चार वर्षे कार्यकालको लागी संचालक समितिको सदस्य पदमा दिपक कुमार श्रेष्ठ निर्वाचित भएपछि यस कम्पनीको संचालक समितिको १६४ औं बैठकले वहाँलाई सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो । 

Read More
  • MBL - below news